लुम्बिनी बौद्ध विश्वविद्यालयमा अनलाइन पढाइ शुरु

भैरहवा । लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसले आजदेखि अनलाइनको माध्यामबाट विद्यार्थीलाई पढाउन शुरु गरेको छ । कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीका कारण प्रत्यक्ष कक्षा सञ्चालन गर्न असमर्थ भएपछि अनलाइन माध्यमबाट कक्षा सञ्चालन गर्न थालिएको विश्वविद्यालयका रजिष्ट्रार तिलक आर्चायले जानकारी दिए ।

विश्वविद्यालयले सबै तह र सङ्कायका विद्यार्थीलाई सूचना प्रविधिको माध्यमबाट पढाउन शुरु गरेपछि शिक्षकले समय छुट्याएर कक्षा शुरु गरेको लुम्बिनी बौद्ध विश्वविद्यालयको सूचना शाखाले जनाएको छ । विद्यार्थीलाई आजदेखि दैनिक बिहान ८ देखि १० बजेसम्म कक्षा अनलाइनको माध्यामबाट शुरु गरिएको विश्वविद्यालय केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख फणीन्द्र न्यौपानेले बताए ।

Read more : https://www.onlinekhabar.com/2020/04/856093

See our other portfolio

Other portfolio

पत्रकारिता छाडेर बुद्धिजममा पिएचडी गरेका आचार्य, भन्छन् ‘नेपालका शासकले बुद्धिजम बुझेनन्’

Media

लुम्बिनीमा तीन दिने बौद्ध महोत्सव सुरु

Media

लुम्बिनीका ‘कुलमान’ : जसको मेहनतले चम्किँदैछ बौद्ध विश्वविद्यालय

Media

लुम्बिनी बौद्ध विश्वविद्यालय पूर्णसरकारी स्वामित्वमा आयो

Media