लुम्बिनी विश्वविद्यालय : १५ वर्षपछि बल्ल चहलपहल

बुटवल : ठूला–ठूला संरचना, प्रशस्त विद्यार्थी, पुस्तकालय र अनुसन्धान केन्द्र विश्वविद्यालयका चिनारी हुन्। तर लुम्बिनी बौद्ध विश्वविद्यालयले यस्तो पहिचान पाउन एक दशक कुर्नपर्‍यो।

पदाधिकारी राजधानीको सम्पर्क कार्यालयमा सीमित हुँदा विश्वविद्यालय काठमाडौंमै केन्द्रित रह्यो। विश्वविद्यालयको शैक्षिक एवं प्राज्ञिक गतिविधि नै अघि बढ्न सकेन। विश्वविद्यालयले स्थापनाको १५ वर्षपछि बल्ल शैक्षिक संस्थाको स्वरूप पाएको छ। पदाधिकारी पहिलोपटक लुम्बिनीमा नियमित हाजिर गर्न थालेका छन्। शैक्षिक एवं प्रशासनिक गतिविधि बढेका छन्।

विश्वविद्यालयमा रजिस्ट्रार डा. तिलकराम आचार्य नियुक्ति लगत्तै लुम्बिनीबाटै शैक्षिक कार्यक्रम सुरु गरिएको छ। दुई वर्षअघि सरकारले विश्वविद्यालयका काठमाडौंमा रहेका सम्पर्क कार्यालय हटाउने निर्णय गरेपछि सबै पदाधिकारी लुम्बिनीमा बस्न थालेका छन्।

निवर्तमान उपकुलपति डा. नरेशमान बज्राचार्यले एक वर्षमा करिब दुई महिनामात्रै विश्वविद्यालयको केन्द्रीय कार्यालयमा बिताएका थिए। विश्वविद्यालयमा बौद्धदर्शन, कला, धर्म, संस्कृति, पुरातात्त्विक विषय अध्ययनअध्यापन हुन्छन्। विद्यावारिधि (पीएचडी) बाट शैक्षिक कार्यक्रम थालेको विश्वविद्यालयले ०७१ सालमा स्नातकोत्तरमा बौद्ध शिक्षा पठनपाठन थालेको हो। अहिले स्नातकोत्तरका साथै स्नातक तह र एकवर्षे प्रमाणपत्र तहको पढाइ हुन्छ।

Read more: http://annapurnapost.com/news/lumbinii-vishvvidyaaly-15-vrsspchi-bll-chlphl-144763

See our other portfolio

Other portfolio

लुम्बिनीका ‘कुलमान’ : जसको मेहनतले चम्किँदैछ बौद्ध विश्वविद्यालय

Media

लुम्बिनी बौद्ध विश्वविद्यालय पूर्णसरकारी स्वामित्वमा आयो

Media

पत्रकारिता छाडेर बुद्धिजममा पिएचडी गरेका आचार्य, भन्छन् ‘नेपालका शासकले बुद्धिजम बुझेनन्’

Media

‘मुस्ताङमा बौद्ध परम्परा अध्ययनका लागि अनुसन्धान केन्द्र स्थापना गर्न लागिएको छ’- निमत्त उपकुलपति

Media