लुम्बिनी बौद्ध विश्वविद्यालय पूर्णसरकारी स्वामित्वमा आयो

बुटवल : लुम्बिनी बौद्ध विश्वविद्यालय बहुविषय अध्यापन गराउन पाउने गरी पूर्णसरकारी स्वामित्वमा आएको छ । विश्वविद्यालय ऐन २०६३ संसोधन भएपछि सरकारी स्वामित्वमा आएको हो। यसअघि ऐनको प्रास्तावनामा ‘जनस्तर’बाट सञ्चालन गर्ने भन्ने उल्लेख थियो । सो प्रस्तावनालाई संशोधन गर्दै जनस्तर भन्ने शब्द झिकिएको हो । नेपालमा रहेका त्रिभुवन विश्वविद्यालय, संस्कृत, कृषि, सुदूरपश्चिम, मध्यपश्चिम विश्वविद्यालयपछि लुम्बिनी बौद्ध विश्वविद्यालय सरकारी स्वामित्वमा पुगेको छ ।

जनस्तरबाट सञ्चालन गर्ने ऐन हुँदा विश्वविद्यालयलाई शैक्षिक कार्यक्रम विस्तारमा जटिलता थपिएको थियो । ऐन संशोधनपछि विश्वविद्यालय विस्तारमा सहज हुने बताइएको छ । अब विश्वविद्यालयले अनुदान नभई अर्थमन्त्रालयबाट माग अनुरुपको बजेट पाउनेछ ।

 

थप समाचार : http://annapurnapost.com/news/161054

See our other portfolio

Other portfolio

लुम्बिनी बौद्ध र भारतको सिद्धार्थ विश्वविद्यालयबीच सहकार्य सम्झौता

Media

लुम्बिनीमा तीन दिने बौद्ध महोत्सव सुरु

Media

लुम्बिनी बौद्ध विश्वविद्यालयमा अनलाइन पढाइ शुरु

Media

पत्रकारिता छाडेर बुद्धिजममा पिएचडी गरेका आचार्य, भन्छन् ‘नेपालका शासकले बुद्धिजम बुझेनन्’

Media