‘गुमनाम’ लुम्बिनी विश्वविद्यालय चम्काएका डा.तिलकराम

रुपन्देही । स्थापनाको करिब एक दशकसम्म गुमनामजस्तै बनेको लुम्बिनी विश्वविद्यालय अहिले स्वदेशमा मात्र होइन विदेशी विद्यार्थीको पनि उत्तिकै रोजाईमा पर्न थालेको छ । लुम्बिनीमा सन् १९९८ मा १६ राष्ट्रका प्रतिनिधिको सहभागितामा भएको विश्व बौद्ध सम्मेलनबाटै यो विश्वविद्यालय स्थापना गर्ने योजना बनेर यसको काम थालिएको हो ।

त्यो सम्मेलनमा विश्व शान्तिका अग्रदूत गौतम बुद्ध जन्मेको भूमिमा आध्यात्मिक वातावरणमा बसेर उच्च तहको बौद्ध शिक्षा अध्ययन गर्न विश्वका धेरै देशका बौद्धमार्गीको रोजाई हुनसक्ने आंकलनका साथ यहाँ उच्च तहको बौद्ध विश्वविद्यालय आवश्यक ठानिएको थियो ।

तर यसको परिकल्पनाअनुसार ०६१ सालमा स्थापना भएको बौद्ध विश्वविद्यालयको ०६७ सालबाट मात्रै शैक्षिक कार्यक्रम सुरु भएको थियो । प्रारम्भमा पिएचडीका कार्यक्रम मात्र सुरु भएको विश्वविद्यालयको नाम लुम्बिनी राखिएपनि सुरुमा यसको केन्द्रीय कार्यालय काठमाण्डौंमा राखिएको र लुम्बिनीमा सम्पर्क कार्यालयका रूपमा एउटा भवनमा सीमित थियो ।

 

Read More: https://www.nepalpress.com/2024/03/02/437077/

See our other portfolio

Other portfolio

लुम्बिनी विश्वविद्यालय : १५ वर्षपछि बल्ल चहलपहल

Media

लुम्बिनीमा तीन दिने बौद्ध महोत्सव सुरु

Media

डा. तिलक आचार्य, जसले गुमनाम विश्वविद्यालयलाई विदेशी विद्यार्थी समेत पढ्ने थलो बनाए

Media

‘मुस्ताङमा बौद्ध परम्परा अध्ययनका लागि अनुसन्धान केन्द्र स्थापना गर्न लागिएको छ’- निमत्त उपकुलपति

Media