मेरो कार्यकालमा सम्पन भएका र अझै प्रक्रियामा रहेका विभिन्न योजनाहरु.

मलाई रजिष्ट्रार पदमा विश्वास सहितको जिम्मेवारी प्रदान गरी यो विश्वविद्यालयको प्रशासनिक नेतृत्व गर्ने सुअवसर प्रदान गरेकोमा नेपाल सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई जीवन्त एवं गतिशील प्राज्ञिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्यका साथ मैले मेरो रजिष्ट्रारको कार्यकालमा सञ्चालन हु“दै आएका शैक्षिक, प्राज्ञिक कार्यक्रमहरूको निरन्तरताका साथै थप शैक्षिक प्राज्ञिक कार्यक्रमहरूको तयारी, विद्यमान सबै संकाय अन्तर्गतका कार्यक्रमहरूको सुदृढीकरण र भौतिक पूर्वाधारहरूको निर्माण कार्यलाई प्राथमिकतामा राखी लक्ष्य, उद्देश्य र कार्ययोजना तय गरेकोमा विभिन्न कार्यहरु सम्पन्न भएका छन्, कतिपय हुदैछन्, भने कतिपय अझै गर्न बाकी नै छन्।

मेरो कार्यकालमा सम्पन भएका र अझै प्रक्रियामा रहेका विभिन्न योजनाहरु निम्नानुसार रहेका छन्ः

  • १. विश्वविद्यालयले सञ्चालनमा आएका कार्यक्रम, विषय र तहको विस्तार गरेको छ । शिक्षालाई सिपसंग, सीपलाई श्रमसंग र श्रमलाई समृद्धसंग जोडेर समृद्ध नेपाल बनाउने अभियानमा शिक्षा मार्फत सहयोग गर्दै बौद्ध दर्शन,आधुनिक बौद्ध साहित्य तथा अन्य बौद्ध धर्म, संस्कृतिका नयाँ कार्यक्रमहरू सञ्चालनमा गर्ने कार्यलाई योजनाबद्ध रुपमा अघि बढाइएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयलाई बहुसंकाय अन्तर्गत संचालनका लागि नेपाल सरकारलाई अनुरोध गरिएको छ र त्यसका लागि आवश्यक तयारी समेत गरिएको छ । विश्वविद्यालयको संकाय, तह, कार्यक्रम,विषय, र सेमेस्टर वृद्धि हुदै गएको सन्दर्भमा शैक्षिक प्रशासनिक जनशक्ति व्यवस्थापनलाई विशेष जोड दिइएको छ ।
  • २. विश्वविद्यालयको ऐतिहासिक प्रथम दिक्षान्त समारोह भव्यताका साथ् स्वयम् कुलपतिज्यू, सहकुलपतिज्यू, प्रदेश सभाका सदस्यज्यूहरु, नेपाल सरकार, प्रदेश सरकारका मन्त्रीज्यूहरु, अन्य विश्वविद्यालयका उपकुलपतिज्यूहरुको उपस्थितिमा सम्पन्न भएको छ ।
  • ३. यस विश्वविद्यालयले अपनाउने दिर्घकालीन लक्ष्य, शिक्षाको स्वरूप, जनशक्ति व्यवस्थापन , भौतिक पूर्वाधार, र आवश्यक पर्ने लगानीको प्रक्षेपण सहितको भिजन २०५० कार्यकारी परिषद् बाट निर्णय भई तयार गर्नका लागि समिति समेत गठन भई कार्य अगाडी बढाईदै छ सो योजना अन्तर्गत तयार पारिएको कार्ययोजनालाई चरणबद्ध रुपमा कार्यान्वयन गरिदै छ ।
  • ४. विश्वविद्यालयमा सञ्चालित विभिन्न शैक्षिक कार्यक्रमहरू सम्बन्धित डीन कार्यालय अन्तर्गत सञ्चालन गरिएको छ । विश्वविद्यालयको शैक्षिक कार्यक्रमहरूलाई सम्बन्धित संकाय अन्तर्गत सञ्चालन गर्ने सम्बन्धमा आवश्यक जनशक्ति तथा पूर्वाधार तयार गरी कार्यान्वयन गर्ने प्रक्रिया अघि बढिरहेको छ ।
  • ५. स्थापनाको छोटो समय भएको विश्वविद्यालय भएकाले योजना निर्माण, वित्तीय व्यवस्थापन, पाठ्यक्रम निर्माण,परीक्षा व्यवस्थापन, मुल्यांकन विधि लगायतका विषयमा जानकारी प्राप्त गर्न सम्बन्धित पदाधिकारी, शिक्षक तथाकर्मचारीहरूको लागि अन्य विश्वविद्यालयहरूको अवलोकन भ्रमण तथा तालिमको व्यवस्था आदिको व्यवस्थापनमा जोड दिइएको छ ।
  • ६. विश्वविद्यालयको सबै निकायको शैक्षिक, प्रशासनिक कार्यलाई छिटो छरितो र प्रविधियुक्त बनाउनका लागि कम्प्यूटर स टवयेरको साथै सर्भर जडान सम्पन्न भएको छ । विश्वविद्यालयका सबै संकाय अन्तर्गतका अध्ययन, अध्यापन र अनुसन्धानमा गुणस्तर कायम गर्दै तिनलाई प्रविधि मैत्री बनाउदैं शिक्षण सिकाई क्रियाकलापलाई आधुनिक प्रविधिस“ग जोड्ने कार्य भइरहेको छ ।
  • ७. केन्ıीय क्याम्पसमा ईपुस्तकालय संचालनको तयारी गरिएको छ । पुस्तकालयलाई पाठ्यपुस्तक, सन्दर्भपुस्तक र विभिन्न अनुसन्धानमूलक र साधारण पत्रपत्रिकाबाट समृद्ध बनाउदै लगिएको छ । त्यसै गरी आवश्यक पर्याप्त सामग्री सहितको अनुसन्धान केन्ıको व्यवस्थापनमा जोड दिइएको छ ।
  • ८. विश्वविद्यालय शिक्षालाई अनुसन्धानमुखी बनाउन र शिक्षकहरूको क्षमता विकास गर्न लघु अनुसन्धान, जर्नल प्रकाशन जस्ता अनुसन्धानमुलक कार्यहरू कार्यान्वयन गर्दै लगिएको छ । साथै शिक्षकहरूको वृत्ति विकासको लागि उनीहरूलाई पीएच.डी. को अध्ययन गर्ने अवसर प्रदान गर्ने प्रक्रियाको थालनी गरिएको छ । विश्वविद्यालयका सबै निकायका शिक्षक कर्मचारीहरूको ज्ञान, सीप र कार्यकौशलता तथा क्षमता अभिवृद्धि गर्नको लागि तालिम, गोष्ठी तथा सेमिनार आदि सञ्चालनगर्ने कार्य अघि बढेको छ । विद्यार्थीहरूको सर्वा·ीण विकासको लागि अतिरिक्त क्रियाकलाप लगायत विद्यार्थी कल्याण सम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको छ ।
  • ९. जनसहभागितामा आधारित कार्यक्रम लागू गर्दै सरकारी–निजी साझेदारीको ढा“चामा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई उच्च शिक्षा शैक्षिक ऋणका लागि बैंकस“ग, उत्पादित जनशक्तिलाई उद्योग बाणिज्य संघ लगायतका संघ स“स्थाहरुसंगको सहकार्यलाई जोड्ने नीति तथा कार्यक्रम अगाडि बढाइएको छ । यसका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तरगतका सञ्चालित कार्यक्रमहरुमा समयानुकुल सुधार र थप गरी युग सापेक्ष उच्च शिक्षाको आकषर्णको केन्ı लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विकसित गरिएको छ ।
  • १०. नेपालको उच्च शिक्षा सम्बन्धी नीति अनुरूप विश्वविद्यालयले परीक्षा प्रणालीमा सुधार, गुणस्तर निर्धारण संयन्त्र विकास, अनुगमन तथा मूल्यांकन प्रणालीको सुदृढीकरण र अनुसन्धनात्मक कार्यहरूलाई नियमित र प्रभावकारी तुल्याइएको छ। त्यसका लागि विश्वविद्यालयले शैक्षिक कार्यपात्रो आदिलाई कडाइका साथ अनुसरण गर्नुका अतिरिक्त प्राध्यापकहरूलाई नविनतम शिक्षण सिकाइको अवसर प्रदान गर्न संकाय विकास उन्मुख अनुसन्धानात्मक कार्यतर्फ अभ्यस्त गराउन विश्वविद्यालयले प्राज्ञिक उन्मुख कार्यक्रमहरुलाई प्राथमिता प्रदान गर्ने, विश्वविद्यालयका पाठ्यक्रमलाई गुणस्तरीय, प्रतिष्पर्धी र जीवनोपयोगी बनाउनको साथै स्तरयुक्त तुल्याउन तिनको समतामूलक विस्तृतीकरण निर्माण तथा परिमार्जन सहित ःष्अचय(क्थििबदगक को निर्माणमा जोड दिइएको छ ।
  • ११. विश्वविद्यालयका अध्ययन अध्यापनको कार्यक्रमहरूलाई आम जनसमुदायहरूमा प्रवाह गर्न र बौद्ध दर्शन र ज्ञानको प्रवर्धनका लागि विश्वविद्यालयमा एफ.एम रेडियो संचालन र विभिन्न पत्रिकाहरुको प्रकाशनका लागि रेडियो र पत्रपत्रिकाको कार्य थालनी गरिएको छ ।
  • १२. सार्क क्षेत्र लगायत विश्वका विभिन्न विश्वविद्यालयहरूसँग सम्बन्ध, सहयोग र साझेदारी स्थापित गर्ने प्रक्रिया आरम्भ गरी विश्वविद्यालयलाई अन्तर्रा्ष्ट्रिय रुपमा मान्यता दिलाउने कार्यलाई प्रभावकारी ढ·ले अघि बढाइएको छ ।
  • १३. अनुसन्धान कार्यलाई प्रभावकारी बनाउन, अन्तर्रा्ष्ट्रिय सम्बन्ध विस्तार गर्न, विश्वविद्यालयको समग्र योजना तर्जुमा गरी कार्यान्वयन गर्न र पाठ्यक्रम निर्माण र परिमार्जन गर्न क्रमशः अनुसन्धान केन्ı, अन्तर्रा्ष्ट्रिय सम्बन्ध केन्ı, विकास तथा अनुगमन केन्ı र पाठ्यक्रम विकास केन्ıलाई स्थापना गरी सक्रिय बनाउने कार्य अगाडी बढाइएको छ ।
  • १४. वौद्ध धर्म शिक्षा, संस्कृतिका लेख, पुस्तकहरु, प्रकाशनहरु नेपालि भाषामा अत्यन्त न्युन रहेकोले नेपाल स्थित विभिन्न गुम्बा विहारसंग रहेका बौद्ध धर्म, संस्कृति बारेका पुस्तकहरुको प्रकाशनका लागि विश्वविद्यालयले आवश्यक परामर्शको प्रक्रिया अघि बढाइएकोछ ।
  • १५. केन्ıीय कार्यालय भवन, शिक्षक र पदाधिकारी आवास, केन्ıीय पुस्तकालय, बौद्ध स्तुपा र छात्र र छात्रावास भवनहरुको निर्माण सम्पन्न भएको छ ।
  • १६. सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले आफु प्रथम पटक प्रधानमन्त्री ह“ुदा दिने भनेको १०० विगाह जग्गा हाल देवदह नगरपालिका वडा नं ८ मा ६१.२५ हेक्टर व्यवस्था भएको छ भने उक्त जग्गा प्राप्त गर्नका लागि वातावरनीय प्रभाव मुल्यांकनको कार्य सम्पन्न भएको छ ।
  • १८. उच्च शिक्षा नै सबै क्षेत्रमा आवश्यक पर्ने जनशक्तिको जननी हो भन्ने तथ्यलाई मनन गर्दै यो लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापनाको दृष्टिले छोटो समय भए पनि शैक्षिक प्राज्ञिक कार्यक्रम संचालन र युगानुकुल र गुणस्तरीय

शिक्षा प्रदान गर्ने सन्दर्भमा यो विश्वविद्यालय अन्य विश्वविद्यालयहरूको निम्ति अनुकरणीय बनाउने हाम्रो प्रयन्त जारी छ ।
अन्त्यमा, लुम्बिनी बौद्ध विश्वविद्यालय ऐन, २०६३ अनुसार भगवान्गौतम बुद्धका उपदेशलाई विश्वशान्तिका लागि मार्गदर्शक सन्देशका रूपमा स्वीकार एवं अनुसरण गरी शान्ति, बन्धुत्व, मैत्री तथा सद्भाव प्रवर्धन गर्न, शिक्षामा गुणस्तर कायम गरी बौद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृतिको अध्ययन अध्यापन र अनुसन्धानलाई अभिवृद्धि गर्दै राष्ट्रको शैक्षिक तथा प्राज्ञिक वातावरणलाई अझ बढी स्वस्थ, स्वच्छ, मर्या्दित र उपलब्धिमूलक बनाउने मूल ध्येय लिएको छ । यसका मूल उद्देश्यहरू प्राज्ञिक र अनुसन्धानमूलक गुणस्तरीय शिक्षा प्रदान गर्ने केन्ıको रूपमा स्थापित हुने, समाज परिवर्तन उन्मुख, अनुसन्धान र रचनात्मक प्राज्ञिक अन्तरक्रिया आदि कार्यहरूद्वारा आम नागरिकहरूको जीवनस्तर अपेक्षाकृत उठाउने, आर्थिक सम्पन्नता र ऐश्वर्यतालाई व्यहवारमा उतार्न सक्ने दक्ष र क्रियाशील जनशक्ति उत्पादन गर्ने, राष्ट्रिय संस्कृति र परम्पराको संरक्षण एवम्विकास, राष्ट्रको आर्थिक वृद्धि र दिगो विकासमा टेवा पुर्याउने, सामुदायिक सेवामा समर्पित हुने, राष्ट्रियता प्रवर्धन गर्ने र नेपालको अन्तर्रा्ष्ट्रिय गरिमालाई परिपोषित गरी अभिप्रेरणा र सहयोगको
आधिकारिक प्राज्ञिक स्रोत बन्ने आदि रहेका छन् । विश्वविद्यालयमा हाल बौद्ध दर्शनअन्तर्गत विविध विषयमा अध्ययन,अध्यापन र अनुसन्धानका कार्यहरू सञ्चालन भइरहेका छन्।आगामी दिनमा उच्च शिक्षाको विस्तार गर्ने योजनामा विश्वविद्यालयको ध्यान केन्ıित रहेको छ ।