‘जहाँ विद्यार्थी, त्यहीँ परीक्षा’ : यस्तो छ लुम्बिनी बौद्ध विश्वविद्यालयको ‘डोर टु डोर मेथड’

काठमाडौं : कक्षा कोठा कहिले खुल्ने पत्तो छैन। धेरैजसो स्कुल र विश्वविद्यालय छलफलमै छन् – पढाउन त जसोतसो मिल्ला तर परीक्षा कसरी लिने? एसइइको परीक्षा आन्तरिक मूल्याङ्कनमै टर्‍यो। अब महामारीबाट जोगाउँदै शैक्षिक संस्था कसरी खोल्ने?

सरकारसँग न त रणनीति न त कुनै योजना नै। जेनतेन अनलाइनबाट भएको पढाइको परीक्षा लिन स्कुल कलेजलाई सकस छ – सबैको पहुँचमा इन्टरनेट छैन। भएको ठाउँको पनि गुणस्तरीय छैन। यही तनावमा छन् शैक्षिक संस्थादेखि अभिभावक र विद्यार्थी।

तर, लुम्बिनी बौद्ध विश्वविद्यालयले भने अभिभावक र विद्यार्थीलाई यो फिक्रीबाट छुटकारा दिएको छ। समस्याको समाधान खोजेर विश्वविद्यालयले स्नातक र स्नातकोत्तरको परीक्षा अनलाइन र अफलाइन(प्रत्यक्ष)बाट धमाधम लिइरहेको छ। कोरोना संक्रमणको त्रासका कारण शैक्षिकसत्र नै डामाडोल भएको बेलामा कसरी सम्भव भयो त परीक्षा?

बाँकि: https://pahilopost.com/content/20200916071206.html