पत्रकारिता छाडेर बुद्धिजममा पिएचडी गरेका आचार्य, भन्छन् ‘नेपालका शासकले बुद्धिजम बुझेनन्’

प्रकाश भण्डारी-

२०५२ साल। जता पनि रेडियो नेपाल बज्ने। रेडियोकर्मी भनेपछि सम्मान र माया नै बेग्लै। अहिलेको जस्तो सबैको हातहातमा सूचना कहाँ हुनु? त्योबेला तिलक आचार्य रेडियो नेपालका लागि बुटवल संवाददाता थिए।

बुद्ध नेपालमा कि भारतमा जन्मेको भन्ने बहसले २०५२ को हिउँद तात्यो। पत्रपत्रिका तथा रेडियोमा चर्को बहस। बुद्धबारे त्यति ज्ञान कहाँ हुनु! नपढी थाहा हुने कुरा पनि भएन। समाचार त लेख्नु पर्थ्यो नै। तर खुब कठिन। ‘पत्रकारलाई सबै कुराको ज्ञान थाहा हुन्छ भन्थे अरूले। तर आफूलाई यस विषयमा कुनै ज्ञान नै भएन,’ त्यो बेलाको अप्ठ्यारो सुनाए तिलकले।

कारण -एक जना ‘ले मेन’ले झसङ्ग बनाइदियो उनलाई। लुम्बिनीका तिलक तब झस्किए, जब त्यहाँका एकजना त्यति नपढेका मान्छेले बुद्धबारे फरर भनिदियो। उनी भन्छन्, ‘उसले त बुद्धको जन्म, इतिहास, पहिला/पहिलाका सबै संरचनाका बारेमा फरर भन्यो। बुद्धको दर्शनबारे पनि राम्रो ज्ञान। यसले मलाइ त ठूलो प्रेरणा मिल्यो।’

उनी चकित भए। त्यहाँ उनीमात्र थिएनन्। आठ-दश जनाको टोली नै थियो। अरूले के सोचे थाहा भएन तर उनलाई लाग्यो हचुवामा ‘बुद्ध वाज बर्न इन नेपाल’ भनेर के काम?’ अनि फुरिहाल्यो आइडिया।

Read More : https://pahilopost.com/content/20191230092127.html

See our other portfolio

Other portfolio

लुम्बिनी बौद्ध विश्वविद्यालय पूर्णसरकारी स्वामित्वमा आयो

Media

लुम्बिनीमा तीन दिने बौद्ध महोत्सव सुरु

Media

लुम्बिनी बौद्ध विश्वविद्यालयमा अनलाइन पढाइ शुरु

Media

लुम्बिनी बौद्ध र भारतको सिद्धार्थ विश्वविद्यालयबीच सहकार्य सम्झौता

Media